देशभर 'बदमास नम्बर १ झार' को उत्पात

'भेटिए उखेलीहाल्नुस': कृषि बैज्ञानिक


  • राजेश बर्मा
काठमाडौं: गाँजरको जस्तो पात भएको र सेतो फूल फुलेको एक प्रकारको नयाँ झार जताततै हेर्नुभएको छ भने तत्कालै उखेलि हाल्नुस्। कृषि बैज्ञानिकहरूका अनुसार गाँजरको झारजस्तो लाग्ने उक्त बोट 'बदमास न बर एक झार' हुनसक्छ। करिब आधा दर्जन मुलुकमा उत्पात मच्चाइसकेको यो झार अहिले देशभर उत्पात मच्चाइरहेको छ। बालिनाली, चौपाया, मानवस्वास्थ्य र वातावरणका लागि अति हानिकारक मानिने यो झारलाई तत्कालै नष्ट गर्न बिज्ञहरूले सुझाव दिएका छन्।





बिज्ञहरूका अनुसार यो झार उम्रिरहेको र फैलिरहेको स्थानमा अहिले कुनै पनि प्रकारका खाद्यान्न, तरकारी, दलहन तथा तेलहनको बाली लाग्न सकेको छैन्। नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको जीन व्यांकका प्रमुख तथा वरिष्ठ बैज्ञानिक डा. मदनराज भट्टकाअनुसार यो झारलाई छुदा छालाजन्य रोग डरमेटाइटिस, एक्जिमा र एलर्जीलाग्ने प्रवल स भावना हुन्छ। यसका साथै ज्वरो, दम, स्वास प्रश्वास, फोक्सोजन्यलगायतका रोग लाग्नसक्छ। यसले मानव स्वास्थ्यमात्रै होइन्। चौपाया पशुमा पनि त्यतिकै हानि पु:याउदै आएको छ। यो झार उम्रेको वरिपरी बहने हावाले चौपायाको कलेजो, मृगौला र पाचन क्रियामा अवरोध पु:याउनुका साथै पशुलाई मार्ने सेप्टेसेसिमिया रोग पनि उत्पन्न गराउंछ।



दुधालु गाई र भैसीले यो झार सेवन गर्दा दूध गन्हाउने, दूधको मार्फत छालाजन्य रोग लाग्ने तथा तितो दूध नामक रोग लाग्न सक्ने डा. भट्टले जानकारी दिए। 'यो झार सेवन गरेका खसी-बोकाको मासुमा पार्थेनिन नामको बिष प्रवेश गरेका कारण त्यस्ता खसी बोकाको मासु खान पनि खतरापूर्ण मानिन्छ,' उनले भने।



त्यतिमात्रै होइन, यो झारको फूलबाट निस्केको परागकणको उपस्थितिले गर्दा गोलभेडा, भान्टा, सिमी, काउली, बन्दागोभी, मुला, काक्रा, बोरीलगायतका तरकारीको वालिमा फल तथा बीउ नलाग्ने र मानिसमासमेत परागकणस बन्धी एलर्जी हुन सक्ने डा. भट्टले बताए। 'यही झारका कारण भारतमा केही व्यक्तिको मृत्युसमेत भएको थियो,' उनले भने,'यो झारले कृषि, मानव र चौपायालाई क्षति पुर:याउनुका साथै वानस्पिक जैविक बिबिधतामलाई समेत ठूलो क्षति पु:याउदैआएको छ।'


तिते पाती, सफेद टोपी, स्टार झार, सन्ता मारिया र अंग्रेजीमा पार्थेनियम हेस्टेरोफोरस भन्ने नामबाट चिनिने यो झारलाई नेपालका कृषि बैज्ञानिकहरूले 'बदमास न बर एक झार' भनेर नामाकरण गरेका छन्। भारतमा भने यो झारलाई 'काँग्रेस झार'को नामले चिनिन्छ। भारतमा काँग्रेस सरकारमा हुँदा यो झार मेक्सिकोबाट त्यहाँ भित्रिएको हुँदा काँग्रेस झार भनेर चिनिन्छ।





नार्कका डा. भट्टकाअनुसार अमेरिकासहित पछिल्लो समयमा भारत, बंगलादेश, पाकिस्तान, अफ्रिका र अष्ट्रेलियामा उत्पात मच्चाइसकेको यो झारले अहिले नेपालमा पनि उत्पात मच्चाइरहेको छ। जताभावी रूपमा यो झार फलिदै गएपछि कृषि बिज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। 'जताभावी रूपमा जहाँतही यो झार फैलिंदै गएको छ,' डा. भट्टले भने,'यो झारलाई तत्कालै नष्ट नगरिए यसबाट मुलुकले ठूलो घाटा व्यहोर्नुपर्ने अबस्था आउन सक्छ।'



डा. भट्टसहित परवानीपुरस्थित नार्कको निर्देशक तथा बरिष्ठ बैज्ञानिक कैलाश भुँडेरले यो झारको आनिवानी तथा यसले गर्ने नोक्सानीको बारेमा लामो समयदेखि अध्ययन गर्दैआएका छन्। अध्ययनको क्रममा यो झार अत्यन्त हानिकारक रहेको ति दुवै बैज्ञानिकले निश्कर्ष निकालेका हुन्। अर्का बैज्ञानिक भुँडेरकाअनुसार संसारका सबैभन्दा बढी बदमाश मानिने १० वटा झारमध्ये यो झार पहिलो न बरमा आउँछ। 'यो झार अति नै मिचाहा प्रवृतिको छ,' भुँडेरले भने,'यो उमे्रको स्थानको अन्य बालिनालीको बोट विरूवालाई सजिलै विस्थापित गरेर एकलौटी रूपमा जमिनमा फैलिदैं जान्छ। नेपालको ७५ वटै जिल्लामा यो झारले अहिले आ नो प्रभुत्व जमाइसकेको छ। यसलाई तत्कालै नष्ट नगरे ठूलो समस्या नि त्ने खतरा छ।'



बैज्ञानिकहरुकाअनुसार यो झारलाई नियन्त्रण गर्न त्यति सजिलो भने छैन्। अन्य सबैप्रकारको झारलाई मार्ने तत्व यसमा पाइने भएकाले औषधीले पनि सहज रूपमा काम गर्दैन्। 'एउटा मन्त्रालयको एक्लो प्रयासले यसलाई नियन्त्रण गर्न सकिन्न्,' बिज्ञ भुंडेरले भने,'यसलाई नियन्त्रण गर्न कृषि, वन तथा स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा अभियान सञ्चालनमा ल्याउनुपर्छ। बागमती सफाई अभियानजस्तै यसलाई नष्ट गर्न पनि मुलुकभर सफाई अभियान तत्कालै सुरू गर्नुपर्ने अवस्था छ।' नार्ककाअनुसार कलिलो अवस्थामा भएको यो झारलाई पाराक्वैट तथा २-४ डी नामक बिषादी छर्केर सामान्य रूपमा यसलाई नियन्त्रण गर्न सकिन्छ।

  

यसैबीच यो झारलाई नियन्त्रणमा लिन विभिन्न सामाजिक सञ्जालमार्फत अभियन्ताहरूले अहिले अभियान सुरू गरेका छन्। समाजिक सञ्जाल फेसवुकमार्फत पत्रकार रवीन्द्र मिश्र, केदार शर्मा, अर्जुन ढुँगाना, गायक अमृत गुरूङलगायतले यो झारलाई नियन्त्रणमा लिन सर्वसाधारणलाई समाजिक सञ्जालमार्फत दैनिक रूपमा आग्रह गर्दैआएका छन्।

अन्नपूर्ण पोष्टको पृष्ठ दुईमा साउन २८ गते, २०७१ मा प्रकाशित

Comments